साउन ३०, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ लुक्ला स्थित तन्जिङ हिलारी विमानस्थलको तारबार छेउमा मृग मृत फेला परेको छ । बुधबार तारबार छेउको बाहिर करिब १ वर्षको पोथी मृग मरेको अवस्थामा फेला परेको हो ।
उक्त मृगको पछाडिको तिघ्रा र अनुहारको भागमा चोट देखिएको छ । जङ्गली जनावरले खाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
बिसुगार्ड लुक्लामा ९ः ३५ बजेको समयमा जानकारी प्राप्त भएसँगै बिसुगार्ड लुक्लाबाट प्रहरीको टोली खटिगई सगरमाथा राष्ट्रिय निकुञ्जका कर्मचारीलाई आवश्यक प्रकृया पुरा गरी जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post