साउन ३२, सोलुखुम्बु । ओखलढुंगाको मोलुङ गाँउपालिका वडा नम्बर २ मा पहिरोले कुखुरा फर्म पुर्दा १० लाख बराबरको क्षति भएको छ । बुधबार रातिको अविरल वर्षाका कारण माथिबाट झरेको पहिरोले आश बहादुर राईको कुखुरा फर्म पुरेकोे हो ।
बाँस, चित्राको बेरा र प्लाष्टिकको छानो भएको राईको कुखुरा फर्ममा लेदो सहितको ढुंगा माटो आई थिचेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख एवंम प्रहरी नायब उपरिक्षक कृष्ण खड्काले जानकरी दिनुभयो । उक्त फर्ममा रहेको ४ सय वटा कुखुरा मरेको, ६ बोरा दाना, ४ बोरा भुष र एक थान सोलार प्यानल समेत नष्ट भएको उपरिक्षक खड्काको भनाई छ ।
Discussion about this post