असोज ९, सोलुखुम्बु । सोलुखुम्बुलाई काठमाडौंलगायत अन्य जिल्लासँग जोड्ने मुख्य सडकखण्डअन्तर्गत साल्मेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। लगातार भइरहेको वर्षाका कारण सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला क्षेत्रमा पर्ने साल्मेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । साल्मेमा रहेको सोलुखोला पुलबाट करिव १ सय मिटर पर सडक मुनीबाट पहिरो गएको ज्ल्लिा प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिारी निर्मला थापाले बताउनुभयो । सडक अवरुद्ध हुँदा सोलुखुम्बुबाट काठमाडौं तथा अन्य जिल्लातर्फ हुने यातायात प्रभावित बनेको छ। मनसुनको उत्तरार्धमा भइरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न सडकखण्डमा पहिरो तथा कटानको जोखिम बढिरहेका बेला मुख्य आवागमन मार्गमै पहिरो खसेपछि यात्रु तथा सवारीसाधन थप समस्यामा परेका छन्। साल्मे सोलुखुम्बुलाई काठमाडौं तथा अन्य जिल्लासँग जोड्ने महत्वपूर्ण सडकखण्ड भएकाले यहाँ सडक अवरुद्ध हुँदा जिल्लाको समग्र यातायात सेवामै प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । लगातारको वर्षाका कारण जिल्लाका अन्य ग्रामीण सडकसमेत सञ्चालनमा समस्या भइरहेको छ। विभिन्न स्थानमा पहिरो खस्नुका साथै घर तथा बस्ती जोखिममा परिरहेका छन्।










Discussion about this post