असोज ९, सोलुखुम्बु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ की १८ वर्षीया पुनम बास्तोला क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ। हाल कक्षा १२ मा अध्ययनरत बास्तोला कम उमेरमै नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बन्नुभएको हो। अध्ययनसँगै राजनीतिमा सक्रिय रहँदै आउनुभएकी उहाँले १५औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी प्राप्त गर्नुभएको हो।
१८ वर्षकै उमेरमा पार्टीको महाधिवेशन प्रक्रियामा प्रतिनिधिका रूपमा सहभागी हुने अवसर पाएपछि बास्तोलाको राजनीतिक यात्राप्रति स्थानीयस्तरमा चासो बढेको छ। युवा पुस्ताको राजनीतिमा सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै उहाँले आफूलाई प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बताउनुभएको छ। बास्तोलाको निर्वाचनलाई नेपाली कांग्रेसमा युवा पुस्ताको सहभागिताका रूपमा हेरिएको छ।










Discussion about this post