साउन ३२, सोलुखुम्बु । आदिवासी जनजातीहरुको अधिकार सुनिश्चित गर्दै मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गरिनुपर्ने माग सहित आदिवासी जनजाती महासंघ केन्द्रिय समिती सोलुखुम्बु आइपुगेको छ । नेपाल सरकारले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका, सोताङ गाँउपालिका र माप्य दुधकोशी गाउँपालिकाका केही वडा र भुगोललाई समेट्दै नयाँ राष्ट्रिय निकुञ्ज घोषणा गर्न लागेको बेला आदिवासी जनजतिको अधिकार कुण्ठित हुने गरि घोषणा गर्न सक्ने भएकाले सचेत गराउन महासंघ सोलुखुम्बु आइपुगेको हो ।
वनजंगल आदिवासीहरुको खर्क भएको भन्दै महासंघले नागरिकका अधिकार सुनिश्चित गर्न मात्रै निकुञ्ज घोषणा गर्नुपर्ने माग राख्नु पर्ने महासंघको भनाइ छ । महासंघका महासचिव दिवस राइले निकुन्ज घोषणा गर्दा वन्यजन्तुको आतंक, बालीनालिको क्षति, जिविकामा समस्या लगाएर थाकथलोबाट बन्चित हुनु पर्ने लगायतका समस्या हुने भएकाले जनजातीहरुलाई सचेत गराउनका लागि आफुहरु सोलुखुम्बु आइपुगेको बताउनु भएको छ ।
उहाँले विश्वभर कनजरभेसन एरिया अर्थात राष्ट्रिय निकुञ्ज घोषणा गर्दा आदिवासी समुदायको अधिकार कुण्ठित हुने भएको स्विकार भैरहँदा नेपालमा यस्तो नीति अगाढी सारिनु पच्य नभएको महासंघको ठहर छ ।
अहिले अन्तरकृया कार्यक्रम चलिरहेको छ भने कार्यक्रम मा नेपाल आदिवासी जनजाती महासंघका पदाधिकारी सहित माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्विकिरण राइर्, उपाध्यक्ष गौरब राई ७ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य लगायत सरोकारवालाहरुको उपस्थिती छ ।
Discussion about this post