भदौ १, सोलुखुम्बु । शनिबार रातीको वर्षाले दिक्तेल बजारमा एउटा घर भत्किएको छ । राती करिब ९ बजेतिर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ किरातचौकस्थित टेकबहादुर राईको ट्रष्टले बनेको घर भत्किएको हो ।
नारायण खत्रीको जग्गामा राईले बनाएको ट्रष्टले बनेको २ तले घरमा भएको डम्बर बराईलीको एउटा होटल, सन्तोष ठाकुरको हेयर कटिङ पसलमा पाँच लाख पचास हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
पुरिएको मालसामान प्रहरीले आईतबार पन्छाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।
Discussion about this post