साउन ४, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको नगर प्रवक्ताको जिम्मेवारी फुर्वा ग्याल्जेन शेर्पालाई प्रदान गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य शेर्पालाई मङ्गलबार प्रवक्ता जिम्मेवारी दिइएको हो ।
शेर्पालाई नगरपालिकाको कार्यपालिका बैठकले प्रवक्ताको जिम्मेवारी प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले बताउनुभयो । प्रवक्ताको जिम्मेवारी प्रदान गर्दे राईले नगरले गरेका काम, आधिकारिक निर्णय तथा सूचना विभिन्न माध्यमबाट सार्वजनिक गर्ने प्रयोजनका लागी नगर प्रवक्ताको जिम्मेवारी दिइएको बताउनुभयो । प्रवक्ता शेर्पाले आफ्नो जिम्मेवारी निर्वाहका लागी कुनै कन्जुस्याइँ नगर्ने बताउनुभएको छ ।
Discussion about this post