Sunday, September 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गट्ठाघर दुर्घटना ट्रकचालकको लापर्बाहीले भएको निष्कर्ष

Radio Everest by Radio Everest
August 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ६, सोलुखुम्बु । भक्तपुरको गट्ठाघरमा साउन ३१ गते भएको दुर्घटना ट्रकचालकको लापर्बाहीका कारण भएको निष्कर्ष निकालिएको छ । ट्रकले स्कुटरलाई ठक्कर दिएको उक्त घटनाबारे छानबिन समितिले यस्तो निष्कर्ष निकालेको हो ।

बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा ओखलढुङ्गाको चिसङ्खुगढी–४ का उत्तम कोइरालाको घटनास्थलमा नै ज्यान गएको थियो । प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वको छानबिन समितिले सो दुर्घटनाबारे तयार पारेको प्रतिवेदन मङ्गलबार उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण वज्राचार्यलाई बुझाएको छ । वज्राचार्यले ट्रकचालकको गम्भीर लापर्बाहीका कारण दुर्घटना भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिएका छन् ।

समितिले दुर्घटनास्थलको सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीको बयान तथा घटनास्थलमा तैनाथ ट्राफिक प्रहरीसँग सोधपुछलगायत प्राविधिक विषयमा छानबिन गरेको थियो । छानबिन समितिसँगको बयानमा स्कुटरलाई ठक्कर दिने ट्रकचालक सर्लाहीका सतेन्द्र श्रेष्ठले स्कुटरलाई आफूले नदेखेको र एक्कासि ट्रकमा ठोक्किएको आवाज आएपछि रोकेर हेर्दा मात्र दुर्घटना भएको देखिएको बयान दिएको बताइएको छ ।

घटनास्थलको सिसिटिभी फुटेजमा स्कुटरसहित चालकलाई ट्रकले केही मिटर लछारेको देखिएको छ । एआइजी वज्राचार्यले घटनास्थलको छानबिन गर्दा कम्तीमा ३० मिटरको दुरीमा ट्राफिक प्रहरीले गति सीमित चेकजाँच गरेको र उक्त चेकजाँचभन्दा अघि दुर्घटना भएकाले ट्राफिक प्रहरीको कमजोरी नदेखिएको बताएका छन् ।

Previous Post

इलाममा कार्यालयमै थुप्रीयो राष्ट्रिय परिचय पत्र

Next Post

ओखलढुंगाको खिजिदेम्बामा ३५ जनाले लिए, मानसिक स्वास्थ्य सेवा

Related Posts

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
0
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
0
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

September 20, 2026
0
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
0
Next Post
ओखलढुंगाको खिजिदेम्बामा ३५ जनाले लिए, मानसिक स्वास्थ्य सेवा

ओखलढुंगाको खिजिदेम्बामा ३५ जनाले लिए, मानसिक स्वास्थ्य सेवा

Discussion about this post

Everest Highlights

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

September 20, 2026
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

September 20, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly