भदौ ६, सोलुखुम्बु । ओखलढुगांको खिजिदेम्बा गाउँपालिकामा ३५ जनाले मानसिक स्वास्थ्य सेवा लिएका छन् । खजिदेम्बामा गाउँपालकाको सहकार्यमा सामुदायिक अस्पतालद्धारा संचालित मानसिक स्वास्थ्य परियोजना शिविरको पहिलो दिन ३५ जनाले सेवा लिएका हुन् ।
बुधबार खिजीदेम्बाको वडा नम्बर ५ खिजीफलाटेमा सञ्चालन गरिएको शिविरमा १ जना पुरुष र १४ जना महिलाले सेवा लिएको खिजीदेम्बाका शिविआर टिमका लिडर प्रेम जिसीले जानकारी दिनुभयो ।
परियोजनाले सहयोग गर्दै आएको मानसिक समस्य भएका बिरामीहरुको अवस्था बुझ्न र आवाश्यकता अनुसार बिरामी र पालिकालाई समेत थप सुझाव दिनका लागि शिविर सञ्चालन गरिएको सामुदायिक स्वास्थ्य कार्यक्रमका संयोजक तुलाराम कार्कीले बताउनुभयो ।
Discussion about this post