भदौ ७, सोलुखुम्बु । सोलुखुुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेले स्थित निर्माणाधिन नेले काँगेल सडकखण्डमा गिट्टी बिच्छाइएको छ । नेलेबाट काँगेल झर्ने बाटोको नेले क्षेत्रमा वर्षायामका कारण हिलाम्मे हुदा आजवतजावतमा समस्या भएपछि वडा कार्यालय नेलेको पहलमा हिलो सफा गरेर गिटि विच्छाइएको वडा अध्यक्ष घनराज सुनुवारले बताउनुभयो ।
करिव १ किलोमिटर सडक हिलाम्मे भएर आवतजावतमै समस्या भएपछि विद्यार्थीहरू समेत विद्यालय आउन नसक्ने अवस्था श्रीजना भएकाले गिट्टी ओच्छ्याएर केही समयको लागी सहज बनाइएको अध्यक्ष सुनुवारको भनाई छ । गौरीसङ्कर हाइड्रो पावर र सडक निर्माण गरिरहेको ठेकेदार कम्पनी सँगको समन्वयमा सडक हिड्ने लायक बनाइएको हो ।
Discussion about this post