भदौ ९, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ का पुरुषोत्तम निरौलाकोको निधन भएको छ । संखुवासभाको मादी नगरपालिका २ स्थित प्रहरी चौकी मंगलबारेमा कार्यरत प्रहरी निरौलाको शनिबार साझँ ड्युटी गर्ने क्रममा निधन भएको हो ।
ड्युटी गर्दागर्दै अचानक बेहोस भएसँगै निरौलालाई तेह्रथुमको बसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा मृत घोषणा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासी लडेर बेहोस भएका थिए ।
उनको शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा आईतबार पोष्टमार्टम गरिने छ । पोष्टमार्टमपछि सोलुखुम्बुमा ल्याई परिवारलाई शव बुझाईने डिएसपी श्रेष्ठले बताउनुभयो ।
Discussion about this post