भदौ ९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ टाक्सिन्दुका २८ जना वडाबासीले काठमाडौंबाटै प्रशासनिक सेवा प्राप्त गरेका छन् । शनिबारबाट सुरु गरिएको शिविरको पहिलो दिन २८ जना नागरिकहरुले सेवा प्राप्त गरेका हुन् ।
३ दिन सम्म सञ्चालन हुने शिविरमा वडा कार्यालयले प्रदान गर्ने सबै सेवाहरू प्रदान भइरहेको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष छोङवा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा पञ्जिकरण सम्बन्धी सेवाहरू जन्म, मृत्यु, बसाइँसराई लगायतका सेवाहरू घुम्ती सेवामा प्रदान भइरहेको बताइएको छ । यस्तै सामाजिक सुरक्षा भत्ता नवीकरण, मालपोत सङ्कलन लगायतका सेवा प्रदान भइरहेको छ ।
काठमाण्डौमा बस्दै आउनु भएका वडाका अपाङ्गता भएका अशक्त र वृद्धहरूको सहजताका लागी साथै वडा कार्यालय सम्म आउदा लाग्ने खर्च कम हुने उदेश्यले शिविर सञ्चालन गरिएको वडा अध्यक्ष शेर्पाको भनाई छ । उक्त घुम्ती शिविर काठमाण्डौं स्थित कपन शेर्पा समिति किदुकको कार्यालयमा सञ्चालन भइरहेको छ ।
Discussion about this post