भदौ १७, सोलुखुम्बु । खोटाङमा नाबालिकालाई जबरजस्ती गरेको अभियोगमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३१ वर्षीय शम्भुधन राई पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार राईले पटक–पटक जबरजस्ती करणी गरेको र पछिल्लो पटक २०८० फागुन ८ गते बिहान ९ बजे जबरजस्ती गरेको पीडितका अभिभावकको उजुरीको आधारमा शुक्रबार पक्राउ गरी आइतबार पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको हो ।
Discussion about this post