भदौ १७, सोलुखुम्बु । रक्षामन्त्री मानबीर राईसँग नेशनल डिफेन्स कलेज भारतका एक प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छन् । रक्षामन्त्री राईसंग रियर एडमिरल सन्दिप सिंह सन्धुको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सोमबार मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन् ।
भेटका अवसरमा मन्त्री राईले नेपाल र भारतबीच रहेको थप मज्बुद सम्बन्ध लगायत महत्वपूर्ण विषयमा छलफल गर्नुभएको छ । मन्त्री राईले भारतबाट नेपाली सेनालाई प्राप्त सहयोग र तालिमका लागि धन्यवाद ब्यक्त गर्नुभएको मन्त्री राईको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रतिनिधि मण्डलका प्रमुख सन्दिप सिंह सन्धुले भेटका लागि मन्त्री राईलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
Discussion about this post