भदौ १७, सोलुखुम्बु । खहरे खोलामा अवरुद्ध भएको सडक सुचारु गर्न सरकारवालाहरुले छलफल गरेका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा रहेको सडक अबरुद्ध सडक सुचारु गर्न स्थानीय सरकार र प्रहरीले छलफल गरेका हुन् ।
भदौ १५ गते अविरल वर्षा सहित आएको पहिरोले निर्माणधिन अवस्थामा रहेको खहरे खोला पुलमा २०० मिटर दुवै तर्फको सडक माथिबाट पहिरो झर्दा पश्चिम तर्फको बाटो पुर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
पूर्व तर्फको सडक १०० मिटर बाटो तल झरेकाले तत्काल सवारी साधन आवतजावत नहुने उहाँको भनाई छ । मंगलबार बाटो खोल्नका लागि गाउँपालिका र प्रहरी बिच समन्वय गरी तत्काल सडक सुचारु गरिने प्रहरीले जनाएको छ ।
Discussion about this post