भदौ १८, सोलुखुम्बु । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणना अनुसार उहाँले अध्यक्ष पदका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै जित हात पार्नुभएको हो ।
पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गर्नुभएको छ । वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतका साथ विजयी हुनुभएको छ । उहाँले पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै जित हात पार्नुभएको हो ।
यस्तै प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल निर्वाचित भएका छन् भने द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन्। यस्तै महसचिवममा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा निर्वाचित भएका छन्।
उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुवेदीलाई पराजित गरेका हुन्। सचिव पदमा भने रिन्जी जाङबु शेर्पा निर्वाचित हुँदा कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन्। सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन्।
Discussion about this post