भदौ १८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका लघुवित्त तथा वित्तिय संस्थाहरू एक समुहले बन्द गर्न थालेपछी वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुले आपत्ती जनाएको छ । लघुवित्त विरुद्धको संयुक्त सङ्घर्ष समितिले लघुवित्त तथा वित्तिय संस्थाहरूले अनावश्यक मानसिक तनाव र आर्थिक दवाव नागरिकलाई दुख दिएको भन्दै ताला लगाउने, कागजात जफत गर्ने लगायतका कार्य गरिरहेको प्रति मञ्चको ध्यानाकर्षण भएको एक विज्ञप्ति मार्फत जनाएको छ ।
वित्तिय कर्मचारी मञ्चका जिल्ला अध्यक्ष खगेन्द्र वनले जारी गरेको एक विज्ञप्तिमा लघुवित्त विरुद्धको सङ्घर्ष समिति नामक अराजक समुहले जिल्लाका वित्तिय संस्थाहरूमा विना कुनै कारण हुलदङ्गा गर्ने, फिल्डमा खटिएको कर्मचारीलाई हप्कीदप्की गर्ने, कागजात जफत गरि नोक्सान गर्ने लगायतका कार्य गरि नेपालकै सिङ्गो बैङ्किङ प्रणाली माथि प्रहार गरिरहेको बताइएको छ । यस्ता कामले आम नागरिकलाई भ्रमित गराउने भन्दै यसको नियन्त्रणका लागी उहाँले प्रहरी, प्रशासन लगायत सरोकारवालालाई अनुरोध समेत गर्नुभएको छ ।
मञ्चले क, ख र ग वर्गमा बैङ्कको पहुँच नपुगेका ठाउँमा लघुवित्त तथा वित्तिय संस्थाले कार्यालय सञ्चालन गरि गरिब, असहाय तथा विपन्न बर्गको उत्थानका लागी तालिम, गोष्ठी लगायत सञ्चालन गर्दै बचत गर्ने बानीको विकास गर्दै बिनाधितो ऋण दिएर व्यापार व्यवसाय सञ्चालनमा सहयोग गरेर सिङ्गो देशको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको विज्ञप्तिमा भनिएको छ ।
Discussion about this post