भदौ २२, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पहिरो खस्दा एक घर बगाएको छ । १९ घर उच्च जोखिममा परेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण दप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ३ का कृष्ण कुमारी राईको घर बगाएको हो ।
पहिरो बगाउदा करिब ५ लाख बराबरको क्षेति भएको हुन सक्ने दप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो । पहिरो गए लगतै गाउँपालिकाले पिडित परिवारलाई खाद्यन्न, त्रिपाल लगायत अन्य आश्वयक सामाग्री उपलब्ध गराएको पालिका अध्यक्ष लोकेन्द्र्र राईले बताउनुभयो । उनीहरुलाई छिमेकीको घरमा सारिएको जनाइएको छ ।
Discussion about this post