साेलुखुम्बु, बैशाख २०। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ६ मा स्व : हेरचाह सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । मेरो शरिर मेरो अधिकार, मेरो स्वास्थ्य मेरो जिम्मेवार नारा सहित अन्तरपार्टी महिला सञ्जालको आयोजना र वडा नम्बर ६ दोर्पुको आर्थिक सहयोगमा २ दिने तालिम सम्पन्न भएको हो । सम्पन्न प्रशिक्षणमा महिलाहरुलाई आत्मरक्षाको प्रयोगात्मक सहितको प्रशिक्षण गराइएको जनाइएको छ । यस्तै घरेलु हिंसा सम्बन्धी आवश्यक कानुनी प्रशिक्षण, मनोपरामर्श लगायत महिलाहरुको स्व : हेरचाहका लागी आवश्यक ज्ञान सीपको बारे प्रशिक्षण गराइएको वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
Discussion about this post