भदौ २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० लुम्सामा आयोजित वडा साविक खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी छेवार युवा क्लबले हात पारेको छ । शनिबार चम्पा देवि युवा क्लबद्वारा आयोजना गरिएको प्रतियोगितामा छेवार युवा क्लबले हात पारेको हो ।
द्धितिय सगरमाथा सिर्जना सिल युवा बागम र तृतीय उन्तिशिल युवा कलब बाल्दिङ भएको जनाइएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमश : ७ हजार, ५ हजार, ३ हजार र सान्तवना हुनेलाई १ हजार ४ सय रुपैयाँको साथमा ट्रफि प्रदान गरिएको चम्पा देवि युवा क्लबका अध्यक्ष छोङ्सोना शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोम्याच खेलमा जाप्रे पिके सेवा सामज २ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ । भलिबल प्रतियोगितामा बिजेता खेलाडीहरुलाई वडा अध्यक्ष होम बहादुर मगर र महिला वडा सदस्य पासाङ पुटी शेर्पाले ट्रफी शिल्ड प्रमाण–पत्र प्रदान गर्नुभएको छ ।
Discussion about this post