भदौ २४, सोलुखुम्बु । नेपाल आदिवासी जनजाती महासंघ ताप्लीको तेस्रो वडा अधिवेशन सम्पन्न भएको छ । सोमबार उद्यपुरको ताप्ली गाउँपालिका वडा नम्बर ३ इनामेमा भव्यताका साथ तेस्रो वडा अधिवेशन सम्पन्न भएको हो ।
नेपाल आदिवासी जनजाती महासंघ ताप्लिका अध्यक्ष लाल बहादुर तथा कोषाध्यक्ष जेनिशा सुनुवारको उपस्थितिमा नया कार्य समिती समेत चयन गरिएको छ । पुरानो कार्यसमितिको पदावधी समाप्त भएसगै नया कार्यसमितीको अध्यक्षमा शिर नारायण श्रेष्ठ चयन हुनभएको छ ।
यस्तै उपाध्यक्षमा तारा बहादुर मगर, सचिवमा दिनेश तामाङ, सह सचिवमा मनिका मगर, कोषाध्यक्षमा कृति माया राई र सदस्यहरुमा खिर बहादुर मगर र शेरजन तामाङ चयन हुन भएको संवादाता ठबिन्द्र मगरले जानकारी दिनुभयो ।
Discussion about this post