भदौ २४, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका ३ मा अचार तथा आलु चिप्स बनाउने तालिम सुरु भएको छ । वडा कार्यालयको समन्वय र घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा आज वडा अध्यक्ष गोकर्ण बस्नेतको प्रमुख आतिथ्यतामा तालिम सुरु भएको हो ।
कृषकहरूको आय स्तरमामा वृद्धि गर्ने, स्थानीय स्तरमा फलेको आलुको चिप्स तयारी गरी बजारीकरण गर्ने, प्राङगारिक चिप्सलाई प्राथमिकता दिने उद्देश्यले तालिम आयोजना गरिएको वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।
महिलालाई घरैमा बसेर सानो पूँजीबाट स्वरोजगार बन्न सक्ने खालका तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक टेक बहादुर बस्नेतको भनाई छ । अहिले बजारमा निकै लोकप्रिय रुपमा विक्री वितरण हुने आलु चिप्स र अचार बनाउने सात दिने तालिम सुरु गरिएको आयोजकले जनाएको छ ।
उक्त तालिममा अचार बनाउने तर्फ २० जना र आलुचिप्समा २० जना गरेर ४० जना महिलाहरुको सहभागितामा रोजिना श्रेष्ठ र खेतराज कार्कीले सहजिकरण गरिरहनुभएको छ ।
Discussion about this post