भदौ ३०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको सार्वजनिक सुनवाई सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक सार्वजनिक सुनवाई सम्पन्न भएको हो ।
प्रेश चौतारी नेपाल सोलुखुम्बुको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनवाईमा गाउँपालिकाको गत आर्थिक वर्षको आयव्ययको सार्वजनिकिकरणका साथै सञ्चालित कार्यक्रम र योजनाहरूको जानकारी गराइएको थियो । जसमा उपस्थित सर्वसाधारणले स्थानीय सरकारले सञ्चालन गरेका योजना तथा कार्यक्रमहरु माथि जिज्ञासा राखेका थिए भने उनीहरूको जिज्ञासामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं सम्बन्धित शाखाका कर्मचारीहरूले उत्तर दिएका थिए ।
गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष विना राई सहितले कार्यक्रममा उठेका जिज्ञासाको उत्तर दिनुभएको थियो भने सम्बन्धित शाखा प्रमुख हरुले कार्यक्रम कार्यान्वयनबारे उठेका प्रश्नको जवाफ दिएका थिए । नेचासल्यान गाउँपालिकामा गत वर्षका लागी कुल बजेट ४३ करोड ३१ लाख ८१ हजार ९ सय ४ आय भएकोमा गाउँपालिकाले ३९ करोड २८ लाख ७२ हजार ७ सय २५ बजेट खर्च गरेको थियो ।
गाउँपालिकाले गत वर्ष खर्च गर्न नसकेको बताउनुभयो अनुदान तर्फको ३ करोड ७ लाख २९ हजार ६ सय ९ फिर्ता गरेको छ भने समानीकरण अनुदान तर्फको ९५ लाख ७९ लाख ५ सय ६९ मौज्दात रहेको जनाइएको छ । सार्वजनिक सुनवाई कार्यक्रमको सहजिकरण प्रेस चौतारी सोलुखुम्बुका अध्यक्ष डिल्ली शर्माले गर्नुभएको थियो ।
Discussion about this post