भदौ ३१, सोलुखुम्बु । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको अध्यक्षमा सन्तोष राई निर्वाचित हुनुभएको छ । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११ औं अधिवेशनबाट राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा डेनिस शेर्पा, महिला उपाध्यक्षमा सरिता कुलुङ,उपाध्यक्षमा बिकास मगर, सुदेश राई, सचीवमा मनिष थापा, सह सचिवमा प्रवेश राई, कोषाध्यक्षमा जमुना राई, सह कोषाध्यक्षमा ईन्जु राई निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा प्रनिष राई, तेजु अधिकारी, जाङ्बु शेर्पा, कान्छा शेर्पा, काजी बस्नेत, डिबी सिकारु, केदार बस्नेत, पाण्डप राई, बाल कुमार मगर, जीवन तेप्तास र मिङमा छिरी शेर्पा रहनुभएको कोरियाबाट निर्वाचन समितिका एक सदस्यले जानकारी दिनुभएको छ । अधिवेशन सेप्टेम्बर १५ तारिखमा पूर्वी नेपाल दक्षिणको कोरियाको सभा हलमा सम्पन्न भएको थियोे । यस संस्थाले गत सालमा कोरियामा भैपरी आउने समस्यालाई समाधान गर्न उद्देश्यका साथ आपतकालीन राहत कोष स्थापनार्थ” सबिन राई ७ फारोह ब्याण्डका” साथ वृहत ऐतिहासिक “चोमोलोङ्मा साङ्गीतिक सौगात भाग–४ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको थियो ।
यस्तै संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा रहेको अस्पताललाई एम्बुलेन्स प्रदान गरेको छ, भने कोरोना महामारीको बेला स्वास्थ्य सामाग्री जिल्लाका ८ पालिकालाई सहयोग गरेको थियो । जिल्ला भित्र र कोरियामा पर्ने आपत विपदका साथै सामाजिक तथा आर्थिक सहयोग जुट्दै आएको छ ।
सगरमाथा दिवस २०७९ को अवसरमा सोलुखुम्बु जिल्ला भित्रका जुनसुकै देशमा रहेका हरेक ब्यक्तिले सहभागी हुन सक्ने गरि सोलुखुम्बुको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित सोलुखुम्बु जिल्ला भित्रका धार्मिक, संस्कृतिका, ऐतिहासिक, पहिचानात्मक, पर्यटकीय स्थानहरूको बारेमा खुल्ला अनलाइन लेख तथा रचनाको कार्यक्रम आयोजना गरेको जनाईएको छ ।
२ दशक भन्दा लामो इतिहास बोकेको यस संस्था सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले गत वर्ष आफ्नो २०औं स्थापना दिवसको अवसर पारी सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको स्मारिका प्रकाशन गरेको थियो ।
Discussion about this post