असोज २, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पहिरो पिडितलाई राहत प्रदान गरेको छ । बुधबार सोलुदुधकुण्ड नगरपालिका २ बेनीका पासाङ शेर्पालाई १५ हजार रुपैँया नगदसहित राहत वितरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)का अनुसार शेर्पालाई जिल्ला प्रशासनको विपत कोषबाट त्रिपाल र ब्याल्ङकेट दुई, दुई थान, एक बोरा चामल, एक लिटर तेल, एक के.जी नुन र दुई के.जी दाल प्रदान गरिएको हो । शेर्पाको गत भदौ २७ गते परेको अविरल वर्षाले पहिरो जाँदा घरमा पुर्ण रुपमा क्षति भएको थियो । उनलाई कार्यालयमै बोलाएर राहत वितरण गरिएको हो ।
Discussion about this post