असोज २, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिका राष्ट्रिय खोप कार्यक्रम मूल्यांकनमा उत्कृष्ट भएका छन् । स्वास्थ्य कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य सम्बन्धी गतिविधिहरूका मुख्य सूचकहरूको आधारमा मूल्यांकन गर्दा राष्ट्रिय खोप कार्यक्रम मूल्यांकनमा दुई स्थानीय तह उत्कृष्ट भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख सुमन तिवारीका अनुसार द्धितियमा सोताङ गाउँपालिका र तृतिय माप्यदुधकोशी गाउँपालिका भएका छन् । नेचासल्यान गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएकोले त्यसले स्वास्थ्य सेवामा सुधार ल्याएको नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले बताउनुभयो ।
खोप सेवालाई थप प्रभावकारी, मर्यादित, गुणस्तरीय एवं नियमन गर्नका लागि नेपालमा खोप ऐन २०७२ तथा खोप नियमावली समेत कार्यान्वयनमा ल्याएको छ । कुनै अभिभावकले मेरो बच्चालाई म खोप लगाउँदिन मेरो अधिकारको विषय हो भनेर अटेरी गर्न नपाउने, यदि गरेमा खोप ऐन तथा नियमावलीअनुसार सजायको भागिदारसमेत हुने कानुनी व्यवस्था गरिएको छ ।
Discussion about this post