असोज २, सोलुखुम्बु । खाेटाङको केपिलासगढी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस २०८१ भव्यताका साथ मनाएको छ । बुधबार एक कार्यक्रमका बिच गाउँपालिकाको वडा नम्बर ४ स्थित पृथ्वी माविमा एक कार्यक्रम गर्दै गाउँपालिकाले २ दिने राष्ट्रिय शिक्षा दिवस मनाएको हो ।
कोशी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री राजन राईको प्रमुख आतिथ्यता एवं केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईको विशेष आतिथ्यतामा सम्पन्न शिक्षा दिवस विशेष कार्यक्रममा गाउँपालिकाका विभिन्न विद्यालयको सहभागीता रहेकाे थियो ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी राज राईले आफु यहि गाउँपालिकाको नागरिक भएको हैसियतले आफुले यहाँको शिक्षा क्षेत्रलाई विशेष साथ दिने बताउनुभएको छ ।
यस्तै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथी समिर राईले गाउँपालिकाको शिक्षा क्षेत्रलाई आफुले पहिलो प्राथमिकतामा रखेको उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो नेतृत्वमा रहेको पालिकाले बुहारी शिक्षा कार्यक्रम लगायतलाई अघि सार्दै शिक्षालाई मूल प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले सामुदायिक विद्याललाई सुधार गर्दै शिक्षा क्षेत्रको उन्नयनमा हातेमालो गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
कार्यक्रममा कक्षा १—५ तर्फ हिसाब दौड र १—८ तर्फ हिज्जे प्रतियोगिताको आयोजना भएको थियो । कार्यक्रममा हिसाव दौडमा राष्ट्रिय माविका छात्राले प्रथम स्थान हासिल गरेकी छन । यस्तै द्धितीय स्थान थ थर्पुडाडाँ मावि र तृतीय जालपा माविले हासिल गरेका छन् । यस्तै शिक्षा दिवसको अवसरमा आयोजित हिज्जे प्रतियोगीता तर्फ प्रथम स्थान पृथ्वी मावि वडा नम्बर ४ ले हासिल गरेको । दोश्रो थर्पुडाडा मावि र तेश्रो स्थान राष्ट्रिय माविले हासिल गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष खड्ग बहादुर तामाङ, वडा नम्बर ३ का अध्यक्ष तुलाराम राई लगायत विभिन्न विद्यालयका प्रअ, शिक्षक विद्यार्थी लगायतको उपस्थीति रहेको थियो ।
Discussion about this post