असोज ३, सोलुखुम्बु । संविधान दिवस २०८१ को अवसरमा बिहिवार सोलुखुम्बुमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । जसअनुसार वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुले जिल्ला अस्पताल फाप्लुमा उपचाररत विरामीलाई फलफुल वितरण गरेको छ ।
अस्पतालमा उपचारका लागि भर्ना भएका ३२ जना बिरामीलाई फलफूल वितरण गरिएको हो । स्वास्थ्य लाभको कामनासहित फलफुल वितरण गरिएको मञ्चका अध्यक्ष खगेन्द्र वनले बताउनुभयो । उहाँले भेटघाटबाट अस्पतालका विरामीको आत्मविश्वास बढाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । संविधान नेपालको मूल कानून हो ।
पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।
सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।
Discussion about this post