असोज ३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दिप प्रज्वलन गरी संविधान दिवसको मनाइएको छ । बिहिवार गाउँपालिकाले संविधान दिवस २०८१ को अवसरमा दिप प्रज्वलन गरी दिवस मनाइएको हो ।
नेपालको संविधानको स्थापना भएको सम्झनामा नेपालको नक्सा, झण्डा बनाएर दिप प्रज्वलन गरिएको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभयो । वि.स २०७२ सालमा जारी भएको संविधानको ९ औँ दिवस देश भर नै हर्षा उल्लासका साथमा मनाइएको छ ।
नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।
Discussion about this post