असोज ३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा दिप प्रज्वलन गरी संविधान दिवसको मनाइएको छ । बिहिवार जिल्ला समन्वय समितिको प्राङगणमा दिप प्रज्वलन गरी दिवस मनाइएको हो । नेपालको संविधानको स्थापना भएको सम्झनामा नेपालको नक्सा, झण्डा बनाएर दिप प्रज्वलन गरिएको छ । वि.स २०७२ सालमा जारी भएको संविधानको ९ औँ दिवस देश भर नै हर्षा उल्लासका साथमा मनाइएको हो ।
यस्तै संविधान दिवस २०८१ को अवसरमा वित्तिय कर्मचारी मञ्ज सोलुखुम्बुले बिहिवार सोलुखुम्बुमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । जसअनुसार वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुले जिल्ला अस्पताल फाप्लुमा उपचाररत विरामीलाई फलफुल वितरण गरेको छ भने साझमा राष्ट्रिय गान सहित दीप प्रज्वोलन गरेको छ । दीप प्रज्जोलनमा राष्ट्रिय वाणिज्य बैक, नेपाल राष्ट्र बैक, यान आइसी एसिया बैक, प्रभु बैक, लक्ष्मी सनराइज बैक, एन एमबी वैक, लगायत सम्पूण बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।
साथै सोलुमा रहेका क्रियाशिल इन्सोरेन्स कम्पनी, लघु वित्तका कर्मचारीको उपस्थितिमा दिप प्रज्वललन गरिएको हो । अस्पतालमा उपचारका लागि भर्ना भएका ३२ जना बिरामीलाई फलफूल वितरण गरिएको हो । स्वास्थ्य लाभको कामनासहित फलफुल वितरण गरिएको मञ्चका अध्यक्ष खगेन्द्र वनले बताउनुभयो । उहाँले भेटघाटबाट अस्पतालका विरामीको आत्मविश्वास बढाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । संविधान नेपालको मूल कानून हो ।साना साना नानीबाब् तथा स्थानीयले पनि दिप प्रज्वोलनमा सहभागी भई भव्य रुपमा संविधान दिवस मनाइएको छ ।
पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।
Discussion about this post