असोज ७, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर दुइको १ सय बढी नागरिकले काठमाडौंबाट प्रशासनिक सेवा लिएका छन् । यहीँ असोज ४ गतेबाट सुरु गरिएको चार दिने घुम्ति सेवामा १ सय २३ जनाले सेवा लिएका हुन् ।
विभिन्न कामको सिलसिलामा बसोबास गरिरहेका आफ्ना वडाका नागरिकलाई राजधानीबाटै प्रशासकि सेवा प्रदान गरिएको रेडियो एभरेष्टका फिल्ड कोडिनेटर धन कुमार ढुङ्गेल जानकारी दिनुभयो । चार दिने घुम्ति सेवामा सामाजिक सुरक्षा भत्ता नविकरण, जन्मदर्ता, विवाह दर्ता लगायत वडाबाट प्रदान गरिने सेवाहरु प्रदान गरिएको नेचासल्यान गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सिताराम काफ्लेले जानकारी दिनुभयो ।
आफ्ना वडाको नागरिकको मागलाई मध्यनजर गर्दै उक्त सेवा प्रदान गरिएको उहाँको भनाइ छ । काठमाडौँबाट गाउँ आउँदा जाँदा हजारौं खर्च हुने तथा बाटाको अबस्था समेत नाजुक भएकाले थौरै भए पनि आफ्ना वडाका नागरिकले स्थानीय सरकार भएको अनुभुती होस भन्ने उदेश्यले राजधानीबाट सेवा दिईएको वडाध्यक्ष काफ्लेले बताउनुभयो । गत बर्ष भन्दा यो बर्ष अन्लाईन सिस्टम भएकोले सेवा लिने लाई प्रभावकारी भएको छ । उक्त घुम्ति सेवाबाट ५० हजार भन्दा बढी राजस्व संकलन गरिएको जनाइएको छ ।
Discussion about this post