असोज ९, सोलुखुम्बु । ओखलढुंगामा ४५ लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । सिद्धिचरण नगरपालिका २ तर्फबाट गोरूमारेभञ्ज्याङ ल्याइँदै गरेको घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार बुधवार विहान ८ बजेको समयमा प्रहरी चौकी निशंखेबाट खटिएको प्रहरीको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा १७ वटा स्प्राइटको बोतलमा अन्दाजी ४५ लिटर घरेलु अबैध मदिरा बरामद गरी स्थानीय जनप्रतिनिधी, स्थानियबासीको सक्रियतामा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post