असोज ११, सोलुखुम्बु । इम्जा ताल तर्फ पदयात्रा गर्न जाने क्रममा बाटो बिर्सिएर अलपत्र परेका ४ व्यक्तिको प्रहरीले उद्धार गरेको छ । शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ स्थित खुम्बीलामा अलपत्र परेका १ विदेशी र ३ नेपाली पर्यटकलाई प्रहरीले खोजी गरेर उद्दार गरेको हो ।
निरन्तरको वर्षातले हिमाली क्षेत्रमा हिमपात भएपछि बाटो भुल्दा अलपत्र परेका विदेशी नागरिक सिंगापुरका लिन छुन हेन्ज र नेपालीहरु ओखलढुङ्गाका कृष्ण राज गुरुङ, धरानका भीम बहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका विपन तामाङलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको हो । उद्दार गरिएका उनीहरूको लबुचे सम्म ल्याएर स्वास्थ्य जाँच गरिएको र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारीका प्रसाद घिमिरेले बताउनुभयो ।
Discussion about this post