असोज ११, सोलुखुम्बु । स्वास्थ्य बिमाबापतको रकम भुक्तानी नपाउँदा सिन्धुली अस्पताल समस्यामा परेको छ । सरकारको योजनाअनुसार नागरिकलाई स्वास्थ्य बिमाअन्तर्गतको सेवा प्रदान गर्दै आएको भए पनि स्वास्थ्य बिमा बोर्डबाट रकम निकासा नगरिँदा समस्यामा परेको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी राजकुमार गोलेका अनुसार गत पुस महिनादेखिको भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । स्वास्थ्य बिमा सेवाबापत अस्पतालले पाउनुपर्ने रकम करिब साढे ३ करोड पुगेको उहाँले बताउनुभयो । तत्काल भुक्तानी नपाए अस्पतालमा कार्यरत कर्मचारीको तलब भुक्तानी नै गर्न नसकिने अवस्थामा पुगेको उहाँको भनाइ छ ।
यो १० महिनासम्म जसोतसो सेवा प्रदान गरियो, अब पनि बजेट विनियोजन भएन भने सेवा निरन्तरता दिन नसक्ने अवस्थामा पुगिसक्यौं,’ सूचना अधिकारी गोलेले बताउनुभयो ।
Discussion about this post