असोज १२, सोलुखुम्बु । निरन्तरको झरीले सोलुखुम्बुको लाइफलाइनको रुपमा रहेको साल्मे पुल बाढीको उच्च जोखीममा परेको छ । साेलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ साल्मे र ११ तिङ्लाकाे सिमानामा पर्ने सोलुखोला माथि लगाइएको मोटरेवल पुल बाढीको जोखीमा परेको हो ।
करिव ५० घण्टा देखी परेको अविरल वर्षात पछि सोलुखोलामा बढ्दै गएको पानीको बहाव पुलको सतहसम्म आइपुग्नै लागेपछि पुल उच्च जोखिममा परेको जनाइएको छ । सिस्नेरी पहिरो जिल्लाकै टाउको दुखाइ बनिरहेको बेला साल्मे पुल बाढीले बगाउने जोखिमले सोलुखुम्बुबासीमा त्रास फैलीएको छ ।
पुल जोखिममा परेपछि सदरमुकाम सल्लेरी सहित जिल्ला पुरै सडक सञ्जालबाट टुट्ने डरले जिल्लावासीमा त्रास फैलिएको हो । यसैबीच पुल नजिकै रहेको सिस्नेरी पहिरोका कारण पनि सडक अवरुद्ध भएको छ । अविरल वर्षात पछि झरेको पहिरोले सडक सञ्जाल अस्तव्यस्त बनेका छन् ।
Discussion about this post