असोज १२, सोलुखुम्बु । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १५ स्थित रातमाटे गाउँनै पहिरोको जोखिममा परेको छ ।
निरन्तरको वर्षातले रातमाटे गाउँका ६ घर पहिरोको जोखिममा एकैपटक परेका हुन । स्थानीय ४ घर पहिरोको उच्च जोखिममा परेको जनाइएको छ भने अन्य ३ वटा घर मध्यम जोखिममा परेका छन् । स्थानीय हरि खानलका अनुसार रातमाटेका माया ढुँगानाको, होमनाथ खनाल, भुपेन्द्र खनाल र केशव खानलको घर पहिरोको उच्च जोखिममा परेका छन् भने छविलाल खनाल, पुण्यप्रसाद खनाल र चित्र कुमार खनालको घर पहिरोको मध्यम जोखिममा परेका छन् ।
वर्षात जारी रहेका कारण हाल यि घर पहिरोमा पर्ने जोखिमले स्थानीयमा त्रासदी फैलिएको छ । अवस्था बुझ्नका लागी वडा कार्यालय विजयखर्क बाट वडा सदस्य टङ्क पोखरेलको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ लागिसकेको र क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको वडा अध्यक्ष राम कटवालले जानकारी दिनुभयो ।
Discussion about this post