सोलुखुम्बु,असोज १२ । शनिबार अपरान्ह पहिरोमा परेर सोलुखुम्बुमा २ जनाको मृत्यु भएको छ । एक घर पुरिँदा सोलुखुम्बुको टाप्टिङमा २ जनाको मृत्यू भएको हो ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङको चैलुङ गाउँमा स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उक्त घरमा किचिएर उनका छोरी र बुहारीको मृत्यू भएको वडा अध्यक्ष होमबहादुर मगरले बताए । पहिरोमा परि उनका ३० बर्षीया छोरी कविता मगर र ४१ बर्षिया बुहारी रुपु मगरको मृत्यु भएको वडा अध्यक्ष मगरले बताउनु भयाे ।
घटना स्थलमा प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपि द्वारिका घिमिरेले जानकारी दिनुभयाे । प्रहरी घटना स्थल एक पुग्ना साथ घटनामा भएको क्षतिको विवरण आउने डिएसपि घिमिरेले बताउनु भयाे ।
Discussion about this post