असोज १२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुकुण्ड नगरपालिका मा पहिरोमा पुरीएर थप ३ जनाको मृत्यू भएको छ । यस अघिआजै अपरान्ह २ जनाको पहिरोमा परेर मृत्यू भएकोमा फेरी ३ जनाको मृत्यु भएको प्रहरीले जर्नाएको हो । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ गोराखानीमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ ।
अपरान्ह आएको पहिरोले घर पुरिँदा स्थानीय शेर्पा थरका २ जना र एक जना तामाङ्को मृत्यू भएको हो । घटना विकट स्थानमा रहेको र संचार सम्पर्क स्थापित हुन नसकेकाले विवरण संकलनमा कठिनाई भएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनु भयाे । नगर उप- प्रमुख गान्धीमाया तामाङ्गका अनुसार गोराखानीमा शेर्पा परिवारका अन्दाजी ३१ बर्षीय ल्हमु शेर्पा र उनका ३ बर्षीय छाेराका साथै छिमेकी ३० बर्षीय रिना तामाङकाे ज्यान गएको हो ।
घटना स्थलमा प्रहरी टोली पुग्न केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी द्वारिका प्रसाद घिमिरेले बताउनु भयाे । यो सँगै आज दिनभरमा जिल्लामा पहिरोका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । वडा नम्बर १० टाप्टिङमा आजै एकै घरका छोरी र बुहारीको मृत्यु भएको छ । सो क्षेत्रमा ज्यान गुमाएका ५ जनाकै पोष्ट मार्टमको टाप्टिङ अस्पतालमा गरिने नगर प्रमुख शेर्पाले बताउनु भयाे । पोष्टमार्टमकै लागि सदरमुकाम सल्लेरी ल्याउन निकै टाढा र कठिन हुने भएकाले टाप्टिङ अस्पतालमा डाक्टर पठाएर पोष्टमार्टम गराईने मेयर शेर्पाको भनाई छ ।
Discussion about this post