असोज १३, सोलुखुम्बु । निरन्तरको बर्षाले अबरुद्ध भएको सिद्धिचरण राजमार्ग अन्तर्गतको मुख्य सडक पूर्ण रुपमा सुचारु भएको छ । शनिबार लगातार परेको वर्षाका कारण सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ रमिते देखि वडा नम्बर ८ सेतोमाने सम्मको सडक पूर्ण रुपमा सुचारु भएको हो ।
आईतबार दिउँसो ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, प्रहरी चौकी पत्ताले र अस्थाई प्रहरी चौकी रमितेबाट प्रहरीको टोली खटीगई सडक पूर्ण रुपमा सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो । उक्त सडक सुचारु गर्नका लागि जेसिबी प्रयोग गरिएको थियो ।
Discussion about this post