असोज १३, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले थामे बाढी पीडितका लागी २८ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
आग गाउँपालिकामा बसेको गाउँ कार्यपलिकाको बैठकले गत साउन ३२ गते आएको बाढीले घरबासमा क्षति व्यहोरेका परिवारका लागी २८ लाख रुपैयाँ रकम राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । हिमताल फुटेर आएको बाढीले तहसनहस बनाएको थामे गाउँका बाढी प्रभावितलाई राहत स्वरुप रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो ।
यस्तै गाउँपालिकाले आजैको बैठकबाट हिमताल फुटेर आएको बाढीले बगाएको मितेरीपुलको निर्माण तत्काल सुरु गर्ने पनि निर्णय गरेको छ । माप्य दुधकोशी र खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई जोड्ने उक्त मितेरी पुलको निर्माणमा पालिका जुट्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष गौरव राईले बताउनुभयो ।
Discussion about this post