असोज १६, सोलुखुम्बु । ईलाका प्रसाशन कार्यालय सोताङबाट ई–पासपोर्ट वितरण थालिएको छ । ईलाका प्रसाशन कार्यालय सोताङबाट ई–पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले सदरमुकाम धाउनुपर्ने समस्याको अन्त्य भएको छ ।
प्रशासनले मंगलबारबाट वितरण सुुरु गरेसँगै दुई दिनमा ९ जना सेवाग्राहीले सेवा लिइसकेको कार्यलयका कायम मुकायम प्रमुख होम बहादुर विश्वकर्माले जनाकारी दिनुभयो । कर्मचारीको अभाव, कर्मचारीमा दक्षता नभएका कारण सुरुमा काम गर्न कठिनाइ हुने उहाँको भनाई छ ।
कर्मचारीमा दक्षता अभिवृद्धिसँगै सेवाग्राही सङ्ख्या क्रमिक रुपमा बढाउदैँ लाने र सेवा प्रवाहलाई पनि प्रभावकारी बनाउर्दै लाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोताङ र महाकुलुङका सेवाग्राहीको सहजताका लागि अब ईलाका प्रसाशन कार्यालयमै आवेदन दिन मिल्ने र वितरण पनि त्यहीँबाट गर्ने जनाईएको छ ।
Discussion about this post