असाेज २२, साेलुखुम्बु । काठमाडौँबाट सिन्धुली जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ रामेछापमा बस दुर्घटनामा परेर १६ जना घाइते समेत भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । प्रदेश–३–०१–००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस खाँडदेवी गाउँपालिका–३ भीरपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीप सिंहका अनुसार मृत्यु हुनेमा रामेछापको सुनकोशी गाउँपालिका–६ की युनिषा श्रेष्ठ रहेकी छिन् । घाइते हुनेहरूको नाम खुलेको छैन ।
माप्यमा दुई दिने स्वास्थ्य शिविर, ९ सय ८७ जनाले लिए सेवा
बैशाख ७, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । विभिन्न विशेषज्ञ डाक्टरूहरुबाट सेवा दिने...
Discussion about this post