असोज २८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका पर्यटन व्यवसायी टङ्क प्रसाद राईको पहलमा विद्यार्थीहरूलाई खेलकुदका सामाग्री, शैक्षिक सामाग्री र सुत्केरी महिलाहरूलाई प्रोत्साहन भत्ता वितरण गरिएको छ ।
वडा नम्बर ६ वाकुको सगरमाथा माविमा सोमबार आयोजित एक कार्यक्रमका बिच राईको पहलमा वाकु चौकीमा सुत्केरी गराउने महिलाहरूलाई २ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा सहित विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको हो । सगरमाथा माविका ४ सय विद्यार्थीलाई सोमबार टुथब्रस तथा पेस्ट, विज्ञानका विभिन्न खाले शैक्षिक सामाग्री, खेलकुदका सामाग्रीहरू जस्तै भलिबल नेट र सिकाइका अन्य सामाग्री वितरण गरिएको हो ।
विदेशी दातृ निकाय तथा व्यक्तिहरूको सहयोगमा वडाको उक्त विद्यालय तथा स्वास्थ्य संस्थामा सहयोग स्वरुप यस्तो कार्यको थालनी गरिएको पर्यटन व्यवसायी राईले बताउनुभयो । सगरमाथा माविमा आयोजित खेलकुद सामाग्री, शैक्षिक सामाग्री तथा सुत्केरी प्रोत्साहन भत्ता वितरण घोषणा कार्यक्रममा सगरमाथा मावि वाकुमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीम बहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो भने वाकुका वडा सदस्य नरजीत राईको उपस्थीत रहेको पनि एभरेष्ट संवाददाता देवी प्रसाद घिमिरेले बताउनुभयो ।
Discussion about this post