असोज २८, सोलुखुम्बु । विजयादशमीको अन्तिम दिन टिका पछाडि सुनसान प्राय बनेको सोलुखुम्बुको सदरमुकाममा फेरी चहलपहल बढ्दै गएको छ । टिका पछाडि मान्यजनबाट टिका थाप्न गएकाहरु फर्किन थालेसँगै सल्लेरीमा मानिसको चहलपहल बढ्दै गएको हो ।
मान्यजनको हातबाट टिका जमरा थाप्न जाँदा यहाँका पसल होटल तथा व्यवसाय बन्द हुँदा पनि सदरमुकाम सुनसान जस्तै बनेको थियो । यस्तै विद्यालय कार्यालय तथा सङ्घ संस्था दशैँ बिदामा रहेकाले पनि सल्लेरी सुनसान बनेको छ । बन्द रहेका कार्यालय तथा विद्यालयहरू भोलिबाट खुल्ने तयारी भएसँगै दशैँ मनाउँन गाउँ गएका कर्मचारी तथा सेवाग्राहीहरू सदरमुकाम फर्किन थालेका छन् । आज विजयादशमीको तेश्रो दिन कतै टिका थाप्न मान्यजनकामा जाने र फर्किने क्रम जारी छ ।
यसरी पनि सल्लेरीको चहलपहल आजबाट केही बढेको हो । नेपाली समाजमा विजयादशमीको टिका पूर्णिमा सम्म लगाएर मान्यजनको आशीर्वाद थापिन्छ ।
Discussion about this post