कार्तिक १, सोलुखुम्बु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुले दसैँको अवधिमा ४१ लाख रुपियाँ बढीको चामल बिक्री गरेको छ । शाखा कार्यालयले चाडपर्व लक्षित छुट अर्थात् सुपथ मूल्यमा चामल बिक्री गर्न थालेपछि दसैँको अवधिमा मात्र ४१ लाख ६ हजार १ सय ७८ रुपियाँको चामल बिक्री गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बु शाखाले असोज ७ गते देखि जिल्लामा सुपथ मूल्यमा चामल बिक्री गर्न सुरु गरेको थियो । शाखा कार्यालयले सदरमुकाम सल्लेरी स्थित गोदाम ९भण्डारण कक्ष० बाट चामल बिक्री गरिरहेको छ । दसैँको अवधि अर्थात् बुधबार पूर्णिमा सम्ममा ४१ लाख ६ हजार १ सय ७८ रुपियाँ बराबरको चामल बिक्री गरेको शाखाले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुका प्रमुख शिद्धिनाथ मिश्र अनुसार दसैँको अवधिमा १ सय २७ दशमलव २५ क्विन्टल सोना मन्सुली चामल बिक्री भएको छ । यस्तै ३८१ दशमलव ७५ क्विन्टल स्टिम जिरा चामल बिक्री गरेको प्रमुख मिश्रले जानकारी दिनुभयो ।
२ हजार ३ सय ५० पर्ने २५ केजीको एक बोराको स्टिम जिरा चामल सहुलियतमा दुई हजार २५ रुपैयाँ र १ हजार ६ सय २५ रुपैयाँ पर्ने २५ केजीको १ बेरा सोना मन्सुली चामल सहुलियतमा एक हजार ५ सयमा बिक्री गरिएको छ । शाखाले उपभोक्ताको मागअनुसार चामल उपलब्ध गराईरहेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुलाई यो वर्ष ७ सय क्विटल चामल छुटमा बिक्रि गर्न कोटा तोकिएको कार्यालयले जनाएको छ ।
Discussion about this post