कार्तिक २, सोलुखुम्बु । हवाई मार्ग अवरुद्ध हुँदा स्थलमार्ग बाट ३ सय ७५ पर्यटक सोलुखुम्बु भित्रिएका छन् । एक हप्तामा जिल्लाका विभिन्न स्थल मार्गका नाकाहरूबाट ३ सय ७५ पर्यटक जिल्ला भित्रिएका हुन । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार पछिल्लो एक हप्तामा उक्त सङ्ख्याका विदेशी पर्यटक जिल्ला आइपुगेका छन् । जिल्ला भित्रिने हालकाे प्रमुख नाका पत्ताले लगायत किन्जा, सहित अन्य नाकाबाट ३ सय ७५ बढी पर्यटक सोलुखुम्बु भित्रिएको जनाइएको छ ।
लुक्लामा मौसम प्रतिकुलताका कारण हवाई उडान हुन नसकेपछि मन्थली विमानस्थलमा पर्यटक अलपत्र परेका थिए । अहिले वैकल्पिक रुपमा हेलिकप्टर बाट केही पर्यटक लुक्ला आइरहेका छन् भने बाँकी सुमो तथा जिप रिजर्भ गरेर हिमाल हेर्न सोलुखुम्बु भित्रिरहेका छन् ।
Discussion about this post