कार्तिक ४, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बेवारिसे अवस्थामा भेट्टिएका वृद्धाको उद्धार गरेको छ । सोलुदुधकुण्ड नगरपालिका–७ साल्मे स्थित सडकको कुलोमा बेवारिसे अवस्थामा रहेका एक वृद्धाको सोलु प्रहरीले उद्धार गरेको हो ।
साल्मे बजार भन्दा केही माथी सडकको कुलोमा बेवारिसे अवस्थामा भेटिएका वृद्धाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीषक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रहरीले शनिबार राती करिब ७ः३० बजेकोे समयमा कुलोमा वृद्धालाई फेला पारेका थिए । कपडा सहित कुलोमा भेटिएका वृद्धाले नाम थर तथा ठेगाना बताउन सकेका छैनन् ।
Discussion about this post