Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हराउँदै परम्परागत निबुवा पेल्ने कोल, यसरी बनाइन्छ गाउँ मै चुक अमिलाे

Radio Everest by Radio Everest
October 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 गाेमा बस्‍नेत    कात्तिक ४, साेलुखुम्बु ।  यतिबेला निबुवा, कागती, भोगटेजस्ता अमिलो फलफूल प्रशस्तै पाइने समय हाे । यी फल जति अमिलो छ त्यति गुणकारी पनि छ । साथै यसबाट भिटामिन सी पनि प्राप्त हुन्छ । जाडोयाम सुरु हुनै लाग्ने बढी मात्रमा रुचाईने निबुवा विशेषगरी, महिलाले बढि मन पराउने गरेका छन् ।

दिनभर लगाएर निबुवा कोलमा पेलेर रस निकाल्छन। कालो र बाक्लो लेदो नभइन्जेल आगोमा पकाएपछि अमिलो बन्छ।जुन अमिलो वर्ष दिनसम्म राख्न सकिन्छ र धेरै प्रकारका खानेकुरामा अमिलोको प्रयोग गरिन्छ। अमिलोको आवश्यकता धेरै छ। नयाँ प्रविधिका विकाससँगै परम्परागत पुराना प्रबिधी कोल लोप हुँदै गएका छन्। केही वर्ष पहिला यतिबेला सबैका घरघरमा कोल थापेर निबुवा पेल्दै अमिलो झार्ने काम गरिन्थे।

तर, आजकल यदाकदा देखिंदा यी पुराना प्रविधि नौला लाग्न थालेका छन्। यी प्रविधि लोप हुँदै गएका छन्। यातायातको पहुँच सबै क्षेत्रमा बढ्दै जानु तथा विद्युत्तीय मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएको साेलुखुम्बुकाे नेचासल्यानकी टुकामाया निराैला बताउनु हुन्छ ।

गाउँघरमा काठबाट हातले बनाइएका विभिन्न मेसिन हराउँदै जाने क्रम बढेको छ। परम्परागत प्रविधिमा आधारित कोलमा चिउरी, उखु, निवुवा (अमिलो जातका फल), र तोरी पेल्ने गरिन्छ। कोलमा पेल्नका लागि शारीरिक श्रम बढी लाग्ने भएकाले हिजोआज छिटो छरितो र सजिलोका लागि मेसिनको प्रयोग हुन थालेको हो। यी खाद्यवस्तु प्रशोधन गर्ने कोललाई आधुनिक मिलले विस्थापित पारेको हो।

त्यस्तै ढिकी, जाँताे, पानी घट्टा पनि लाेप हुदैँ गइरहेका छन् । एकतर्फ  प्रविधिकाे विकास हुनु राम्राे कुरा हाे भने अर्काेतर्फ हाम्रा पुर्खाले बनाएकाे परम्परागत प्रविधि लाेप हुदैँ गइरहेकाे छ ।

परम्परागत कोलका पेलेको खुदो, अमिलो र तेल स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। घरमै उत्पादित यी खाद्यबस्तु मिसावट रहित हुनुका साथै स्वादिलो हुन्छ। एउटा बलियो काठलाई निवुवाको दाना अटाउने गरी बनाइएको खाडलमा राखेर माथिवाट अर्को काठको पाताले अठ्याएपछि निवुवा थिच्चिएर अमिलो झर्छ ।

दिनभर निवुवा निचोरेर अमिलो झार्ने अनि रातभर आगोमा बसेर पकाएपछि बल्ल चुक अमिलो तयार हुन्छ। यसरी तयार पारिएको अमिलो बर्षोदिनसम्म पनि बिग्रदैन। स्थानीय घिउ र चुक अमिलाको मूल्य बराबर हुने गर्दछ। चुकको प्रयोग केही औषधि, अचार अथवा अमिलो खाद्य वस्तु निर्माणका लागि बढी प्रयोग गरिदै आएको छ।

सोही झरेको अमिलोलाई एउटा भाडामा संकलन गरिन्छ। संकलित ती अमिलो झोललाई ठूलो भाडामा राखेर आगोमा धेरै समय पकाएपछि अमिलो (चुक) बन्छ।

यस्ता परम्परागत कोल हाम्रा सम्पति हुन। आउँदो पुस्ताका लागि एउटा ऐतिहासिक दस्तावेज हो। गाउँघरका लागि अत्यावश्यक छ, र लघु उद्योग पनि हो यो। यस्ता पौराणिक सम्पतिको संरक्षण सबैले गर्नुपर्छ। यसको प्रयोग र महत्व बारे भावी पुस्तालाई चिनाउन स्थानीय स्तरदेखि कोल संरक्षणको जरुरी देखिन्छ।

आफैंले घरमा पेलेको अमिलो स्वास्थ्यबर्दक हुन्छ। यसमा मिसावट हुँदैन। आजकल बजारमा धेरै प्रकारका अमिलो पाइन्छ। केही अमिलो वर्षदिनसम्म केही हुँदैनन भने केही २ र ४ महिनामै ढुसी पलाएर खानै नहुने हुन्छन्।

चुक  अमिलोपनाले रक्सीको नशा चाँडै उतार्छ । रसलाई पकाएर चुक अमिलो बनाइन्छ । चुक सुन्निएको ठाउँमा लगाउँदा फाइदा हुन्छ । विष विकारमा राम्रो गर्नुका साथै टुटेको हड्डीमा लेप लगाउँदा उपयोगी हुन्छ । फलको बोक्रा सेवन गर्दा चिसोले बनेको कफ हटाउँछ ।

यसको बिउले पायल्स, पित्त विकार र जलन हटाउँछ । यसको जरा सेवन गरे पेटमा परेको चुर्ना हटाउँछ र पेट दुखेकोमा फाइदा गर्छ । भोक जगाउँछ । पिसाबसम्बन्धी खराबी, पत्थरी र दात दुखेकोमा कम गराउन सहयोगी हुन्छ ।

Previous Post

देशभर चिसो बढ्यो, यस्तो छ आजको मौसम

Next Post

फेरिए सोलुखुम्बुका सिडियो, खत्रीको गृहमन्त्रालय सरुवा, घिमिरे आउँदै 

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly