मंसिर ९, सोलुखुम्बु । आगोमा परेर खोटाङमा एक शिक्षिका गम्भीर घाईते भएकी छन् । शनिबार आफू डेरा बस्दै आएको घरमा आगलागी भएपछि भित्र रहेको सरसामान निकाल्न जाने क्रममा आगोले पोल्दा सप्तरीकी शिक्षिका गिता चौधरी घाइते भएकी हुन् ।
खोटाङको केपीलासगढी गाउँपालिका वडा नम्बर १ सुम्दे स्थित ध्वज राईको घर आगलागी हुँदा गौरी पञ्चकन्या आधारभूत विद्यालयकी शिक्षिका सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ की ३५ वर्षिय गिता चौधरी घाइते भएकी हुन् । आगोले पोल्दा उनको अनुहार, टाउकोको पछाडिको भाग सहित शरिरकाे विभिन्न भागमा गम्भीर चोट परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनलाई आगोले पालेपछि थप उपचारका लागी मोटरसाइकलमा जिल्ला अस्पताल दिक्तेल लगिएको जनाइएको छ ।
उक्त आगलागीबाट ध्वज मानको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने करिव ७ लाख १० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीबाट शिक्षिका चौधरीकाे मोवाइल फोन, ल्यापटप, लत्ताकपडा, कागजपत्र, भाँडावर्तन, घरधनी राईको टिभी, सुनको औँठी, नगद ५ हजार रुपैयाँ सहित जलेर खरानी भएको छ । शनिबार विहान ११ बजे सुरु भएको आगलागी प्रहरी र स्थानीय को सहयोगमा दिउँसो २ ः३० मा नियन्त्रणमा आएको थियो ।
Discussion about this post