मंसिर ९, सोलुखुम्बु । सोलुखुम्बुका सम्पन्न सोलुखुम्बु ट्रेलको महिला तर्फ प्रथम उपाधी सोलुखुम्बुकी आङ फुर्वा शेर्पाले जितेकी छिन् । विश्वकै लामाे दुरीको ट्रेल रेसको महिला तर्फको उपाधी आङ फुर्वाले निर्धारित दुरी ३ सय १० किलोमिटर ४२ घण्टामा पार गर्दै प्रथम उपाधी हात पारेकी हुन् । यस्तै रेसको द्धितीय उपाधी छिरिङ शेर्पाले निर्धारित दुरी ४८ घण्टा ५१ मिनेटमा पार गर्दै हात पारेकी छन् । दावा छिरि शेर्पाको शेर्पाको आयोजनामा सम्पन्न सोलुखुम्बु ट्रेल रेस प्रतियोगितामा तृतीय स्थान फ्रान्सकी डेल्फीन रोयले हात पारेकी थिइन् । गत नोभेम्बर ५ मा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्ताले बाट सुरु भएको प्रतियोगिता नोभेम्बर २१ अर्थात १७ दिन पछि वडा नम्बर १ टाक्सीन्धु छुल्यामुमा सम्पन्न भएको थियो । प्रतियोगिताहरु उक्त १७ दिनमा जिल्लाको माथिल्लो हिमाली भेगहरूका विभिन्न स्थानहरु पुगेर टाक्सीन्धु फर्किएका थिए ।
आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू भागमा आंशिक बदली रहने
चैत्र १८, सोलुखुम्बु । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । अहिले गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका...
Discussion about this post